लमही नगरपालिका बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक भएको नगरपालिका हो । यस नगरपालिकामा विभिन्न जातजाति एवं जनजातीहरु बसोबास गर्दछन् मानिस जन्मेपछि 

मृत्यु अवश्य हुन्छ । यो शाश्वत सत्यलाई सम्पूर्ण मानव जातिले प्राकृतिक प्रक्रियाको रुपमा स्वीकार गरी आ–आफ्नो धार्मिक एवं जातिय परिवेशमा अवलम्वन गर्दै आएका सांस्कृतिक 

प्रचलन अनुसार मानिसहरुको मृत्युपश्चात पार्थिव शरीरलाई दाहसंस्कार गरिन्छ । यो मानिसको 

जीवनको अन्तिम संस्कार पनि हो । मानिसको मृत्युपश्चात परलोकमा असल स्थान प्राप्त होस 

भन्ने कामनाका साथ अन्त्येष्टि (मृत्यु संस्कार) लाई पालना गर्दै आइरहेको देखिन्छ । मृत्यु 

संस्कार सबै जातिहरुले मान्दै आइरहेको भएता पनि सांस्कृतिक प्रचलनमा भिन्नता पाईन्छ । यस 

नगरपाालिका भित्र मृत्यु संस्कार पश्चात गरिने अन्त्येष्टि खोलाहरुमा गरिने गर्दछ ।