सहस्राब्दी विकास लक्ष्यले बालबालिका विकासका लागि लिएको लक्ष्य तथा गन्तव्य (लक्ष्य २ः गन्तव्य ३ः) सन्२०१५ सम्ममा सबैले प्राथमिक शिक्षा पाएका हुनेछन्। लक्ष्य ३ः गन्तव्य ४ः सन् २०१५ सम्ममा शिक्षाका सबै तहमा लैङ्गिक विभेद अन्त्य भएको हुनेछ । त्यसैगरी नेपाल  सरकारले पनि सबै नेपालीलाई कम्तीमा साक्षर बनाउने नीति तथा रणनीति लिएको छ । नेपाल सरकार लगायत समेत शिक्षा प्रति लिएको चासोलाई मनन गर्दै अगाडी बढ्नु पर्ने देखिन्छ । यसै सन्र्दभमा नेपालको कुल साक्षरता ६५.९ प्रतिशत रहेकोमा शिक्षा शाखाको तथ्यांक अनुसारलमही नगरपालिकाको साक्षरता ६६.५ महिला साक्षरता प्रतिशत ५८.३ र पुरुष साक्षरता ७५.१ प्रतिशत) रहेको देखिन्छ । तर घरधुरी सर्वेक्षण २०७६ अनुसार यस नगरपालिकाको कुल साक्षरता ८३.८८ प्रतिशत रहेको छ । यस नगरपालिकाको साक्षरतालाई आगामी दिनहरुमा दु्रतगतिमा अगाडी बढाउनका लागि सरोकारवाला निकायहरुसंग समन्वय गरी शिक्षा सम्बन्धी योजना तथा कार्यक्रमहरु संचालन गर्नुपर्ने लमही नगरपालिकाको रहेको छ । साविकको जिल्ला शिक्षा कार्यालय, दाङ्ग र निर्वाचित प्रतिनीधिहरुसंगको अन्तरकृया र स्थलगत सर्वेक्षणका अनुसार लमही नगरपालिकामा रहेका विद्यालयहरुको विवरणलाई तलको तालिकामा देखाईएको छ ।