बस्ती भन्नाले कुनै पनि ठाउँमा निश्चित क्षेत्र ओगटेर बसेका जनसंख्याको समूहलाई जनाँउदछ ।

परिवार, घर तथा टोल मिलेर एउटा बस्तीको संरचना हुन्छ । बस्ती भन्नाले त्यो स्थान भन्ने

बुझिन्छ जहाँ भौतिक तथा जैविक पर्यावरणको अवस्थिति सन्तुलन रहेको हुन्छ । वास्तवमा कुनै

पनि क्षेत्रको विकास तथा विस्तार हुनको लागि त्यस क्षेत्रमा रहेका बस्तीको ठुलो योगदान रहेको

हुन्छ । “थोपा थोपा” मिलेर जसरी सागर बनेको हुन्छ त्यसैगरी बस्ती बस्ती मिलेर वडा अनि

वडा वडा मिलेर सिंगो गाउँको स्वरुप तयार भएको हुन्छ । यस लमही नगरपालिकामा रहेका ९

वटा वडामा रहेको घरपरिवार विवरणलाई तलको तालिकामा प्रस्तुत गरिएको छ ।