परम्परागत खेती प्रणालीमा अपेक्षित सुधार हुन नसक्नु, जमिनको वितरण तथा उपयोगमा

वैज्ञानिकिकरण हुन नसक्नु, गुणस्तरीय कृषि सामाग्रीको उपलब्धता हुन नसक्नु र कृषि प्रविधिको

समुचित प्रयोग हुन नसक्नु यस क्षेत्रका प्रमुख समस्या तथा चुनौतीहरू हुन् । साथै पशुपालन

व्यवसायलाई समुचित र वैज्ञानिक ढङ्गबाट सञ्चालन गर्नसके दुध तथा दुधजन्य उद्योगको

विकास र भेंडा, बाख्रापालनबाट मासु व्यवसाय सञ्चालन गर्न सकिने सम्भावना देखिन्छ तर

उपयुक्त प्रविधि तथा दाना घाँस आदिको व्यवसायिकता नहुनु समस्याको रूपमा रहेको छ । वन

क्षेत्रमा डाले घाँसको विकास तथा आवश्यक मात्रामा चरन क्षेत्रको विकास गर्नसके यस क्षेत्रबाट

प्रशस्त रोजगारीको अवसर सिर्जना हुनसक्ने देखिन्छ । यसका अलावा उपयुक्त भू–प्रणालीको

विकास तथा जडिबुटी र वनजन्य उद्योगहरूको विकास तथा विस्तार गर्न सकिने सम्भावना पनि

रहेको छ ।