नगरपालिकाको वस्तुगत विवरण तयार गर्दा विशेष गरी घरधुरी सर्वेक्षणमा आधारित भई

नगरपालिका भित्र रहेका सबै वडाहरुको घरधुरी सर्वेक्षण गरी प्रतिवेदन तयार गरिएको छ । साथै

साविकका गा.वि.स.हरुका वस्तुगत विवरणहरुको अध्ययन, सहस्राब्दी विकास लक्ष्यका लक्ष्य तथा

द्धसूचकहरुको अध्ययन, जिल्ला सूचना व्यवस्थापन सम्बन्धी दिग्दर्शन, आवधिक योजना तर्जुमा

निर्देशिका आदि सामग्रीहरुको अध्ययन, नगरपालिकाका वडाहरुको स्थलगत भ्रमण तथा

अवलोकन लगायत यस क्षेत्रमा कार्य गरेका अनुभवी विज्ञहरुसँग गरेको परामर्श आदि प्रमुख

रहेका छन् ।

पाश्र्वचित्र तयारीको लागि विभिन्न अध्ययन विधिहरुको प्रयोग गरिएको छ । यस क्रममा घरधुरी

सर्वेक्षण २०७५, राष्ट्रिय जनगणना २०६८, राजपत्रमा प्रकाशित सूचना, जिल्ला समन्वय समिति

दाङ्ग, समूहगत छलफल तथा अन्र्तक्रिया लगायत सामाजिक अध्ययन विश्लेषणका विवरणात्मक

र विश्लेषणात्मक शैलीहरुको उपयोग तथा प्रयोग गरिएको छ । यसैगरी स्थानीय तहमा उपलब्ध

प्रकाशित तथा अप्रकाशित द्धितीय सुचनाका श्रोतहरु, विभिन्न संघसंस्थाका प्र ितवेदनहरु लगायत

भौगोलिक सुचना प्रणालीको समेत प्रयोग, अध्ययन तथा विश्लेषण गरी समग्र लमही

नगरपालिकाको अवस्था झल्कने गरी सिंगो पाश्र्वचित्र तयार गरिएको छ । विशेष गरी यसका

चरणहरुलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ ।

 वस्तुगत विवरण ढाँचा, सर्वेक्षण औजार तथा विधि स्वीकृती

 वस्तुगत विवरण तयारी गोष्ठी तथा कार्य योजना स्वीकृती

 सर्भेक्षण तथा तथ्याङ्क संकलन

 तथ्याङ्क विश्लेषण, प्रस्तुती तथा श्रोत नक्सा तयारी

 वस्तुगत विवरण मस्यौदा तयारी

 वस्तुगत विवरण प्रमाणीकरण कार्यशाला