लमही नगरपालिकाको पाश्र्वचित्र तयार गर्ने क्रममा अपनाइएको मुख्य विधि घरधुरी सर्वेक्षण हो

। तसर्थ सो कार्यका लागि प्रत्येक वडाबाट वडा अध्यक्षहरुको सिफारिसमा दक्ष जनशक्तिहरुलाई

नै घरधुरी सर्वेक्षणका लागि छनोट गरी सर्वेक्षणको क्रममा आइपर्न सक्ने सम्भावित

कठिनाईहरुको पुर्वअनुमान गरी सोहि अनुरुप परिस्थितिलाई सम्हाल्न सक्ने वातावरण तथा

मनस्थिति सिर्जना गरी उनीहरुलाई अभिमुखिकरण तालिम तथा प्रशिक्षण प्रदान गरी घरधुरी

सर्वेक्षण कार्यको थालनी तथा परिचालन गरिएको थियो ।