लमही नगरपालिकामा प्रचूर मात्रामा प्राकृतिक सम्पदाहरु रहेका छन् । यस नगरपालिकाको 

प्रमुख प्राकृतिक सम्पदाहरुमा जलश्रोत, जङ्गल र जमिन प्रमुख हुन् । भौगोलिक विविधताका 

कारण नगरपालिकाको विभिन्न क्षेत्रमा हावापानीमा विविधता रहेको पाइन्छ । उचाईको वृद्धि 

सँगसँगै चिसोको मात्रामा पनि बृद्धि हुदैँ जान्छ । यहाँ तातो हावा बहने र हुस्सु, कुहिरो लाग्ने 

गर्दछ । यस नगरपालिका भित्र विभिन्न ठाउँमा पानीका मुहानहरु रहेका छन्।