प्राकृतिक सम्पति जल, जमिन र जंगल (वन) को उचित उपयोगको स्थिति कुनै पनि राष्ट्रको 

सामाजिक उन्नती र विकासको सवाल सँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपले जोडिएको हुन्छ । हाल 

विश्वमा कार्वनडाइ अक्साइडको उच्च उत्पादनको कारण भएको तापक्रम बृद्धि एवं जलवायु 

परिवर्तनले गर्दा हिमाल पग्लिरहेको छ । 

लमही नगरपालिकाको केंही भू–भाग वन तथा झाडीले ओगटेको छ । यस नगरपालिका क्षेत्रको 

सामुदायिक वनलाई जिवन यापन पद्दती संग जोडन सक्यो भने नगरवासीहरुको आर्थिक 

अवस्थामा सुधार ल्याउन सकिन्छ । यस नगरपालिकामा पाइने प्रमुख प्रजातीहरुमा मसला, 

सिसौ, साल, बोकाइनो, बांस, सिमल, कटुस र चिलाउने आदि हुन । 

लमही नगरपालिकाकोवन क्षेत्रलाई व्यवस्थित वन, सामुदायिक वन, कबुलियति वन, निजि वन, 

धार्मिक वन र संरक्षित क्षेत्रमा विभाजन गर्न सकिन्छ । जिल्लाको धेरैजसो वनक्षेत्र सामुदायिक 

वनको रुपमा हस्तान्तरण भई स्थानीय उपभोक्ता समूहलाई संरक्षण, व्यवस्थापन र सदुपयोगको 

जिम्मेवारी दिइएको छ ।