कुनै पनि क्षेत्रमा बसोबास गर्ने मानिसहरु आफ्नो उच्च भविष्यका लागि आफु बसोबास गर्दै आएको ठाउँ छोडेर अरु उच्च सेवा तथा सुविधा पहुँच भएको ठाँउमा जाने गर्दछ । कोही 

रोजगारीका क्रममा आफु बसेको घर छोडेर अन्यत्र बसेको हुन्छ भने कोही अध्ययन तथा उच्च शिक्षाका लागि घर छाडेर जाने गर्दछ । यस नगरपालिकामा पनि यहाँका बासिन्दाहरु रोजगारी, 

उच्च शिक्षा तथा सेवा तथा सुविधाको उच्च पहुँच भएको ठाँउमा यो ठाउँ छोडेर गएका छन्।  वि.सं. २०७८काे जणगणना अनुसार यस नगरपालिकामा १३,४५८ घरपरिवार वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ५९,०५० रहेकाे छ । जसमा पुरूषकाे संख्या २८,५०१ र महिलाकाे जनसंख्या ३०,५४९ रहेकाे छ । ।