सामाजिक क्रियाकलापको केन्द्रबिन्दु नै आर्थिक विकास हो । आर्थिक विकासले सामाजिक सांस्कृतिक परिवर्तनको सवालमा महत्वपुर्ण भुमिका खेल्दछ । सामाजिक परिवर्तनको गति र दिशालाई आर्थिक पाटोले पथपर्दशन गर्दछ । राम्रो र मजबुद आर्थिक अबस्था भएको समाजमा नयाँ नयाँ परिवर्तनरुपी क्रियाकलापलाई सजिलै अगाडी बढाउन सकिन्छ । प्रत्येक मानवको मानसपटलमा आर्थिक तत्वले पल पलमा घच्घचाई रहेको हुन्छ । आर्थिक हैसियतकै आधारमा सामाजिक ब्यबहार, मुल्य मान्यता, क्रियाकलाप, व्यक्तीत्व विकास र सम्बन्धको दायरा तथा सवै किसिमको विकास हुन्छ । जब मानिस आथर््िाक रुपले बलियो हुन्छ तब शिक्षा, स्वास्थ्य, सञ्चार, पोषण लगाएतका सबै क्षेत्रमा उसको पहँुच विस्तार हुन्छ, परिणाम स्वरुप समाजलाई हेर्ने वैज्ञानिक दृष्टिकोण र मान्यताको हुन्छ । यसै अनुरुप यस क्षेत्रको आर्थिक विकासका सिमा तथा स्रोतहरुको विबरण लाई अध्ययन , विष्लेषण गरी तल प्रस्तुत गरिएको छ ।