लमही नगरपालिकाको वस्तुगत विवरण तयारीका लागि ढाँचा तयार गर्ने क्रममा प्राप्त विभिन्न

विषयक्षेत्रको सैद्धान्तिक अध्ययन गरिएको भएता पनि वास्तविक रुपमा सम्बन्धित क्षेत्रमा परीक्षण

गर्न वाँकी रहेको हुनाले सुधार गर्नुपर्ने हुन सक्छ । यसैगरी भौगोलिक, सामाजिक, धार्मिक,

सास्कृतिक, आर्थिक, प्राकृतिक आदि विविधता भएको क्षेत्रको सम्पूर्ण पक्ष नसमेट ्न सक्छ भने

कतिपय उल्लेखित सवै फारामहरु नगरपालिकामा उपयोग नहुन सक्छ । तापनि पाश्र्वचित्रको

अध्ययन क्षेत्र विस्तृत भएको हुँदा अध्ययनको उद्देश्यलाई नै मुख्य क्षेत्रको रुपमा लिईएको छ ।

साधन स्रोत, समय, लागत लगायत अन्य कुराहरुको सिमितताको कारणले गर्दा जुनसुकै अध्ययन

पनि केही निश्चित सीमा भित्र बाँधिएको हुन्छ ।