विषेशगरी कुनै पनि स्थानमा कुनै चिजको अधिक उत्पादन पश्चात अन्य स्थानमा त्यसको सेवा तथा सुविधाको पहुँच विस्तार गर्नुलाई निर्यात भनिन्छ भने अन्य स्थानबाट आफ्नो बासस्थानमा घढ रहेको कमीलाई पुरा गर्न अन्य कुनै स्थानबाट आवश्यक वस्तुको माग तथा ल्याउने कार्यलाई आयात भनिन्छ । विषेशगरी लमही नगरपालिकामा निर्यात तथा आयात हुने सामाग्रीहरु मध्ये खाद्यान्न अन्तर्गत दाल, चामल, नुन, बेसार, तेल, लत्ताकपडा, तरकारी तथा दुग्ध पदार्थको आयात निर्यात हुने गरेको देखिन्छ ।