लमही नगरपालिकाको वस्तुस्थितिको पहिचान गर्नु यस अध्ययनको मुख्य उद्देश्य हो । यस

नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, भौगोलिक आदि विभिन्न वस्तुस्थितिको अध्यन,

विश्लेषण गरी स्थानीय तहको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन लगायत अनुगमन

मुल्याकंनमा सहयोग पु¥याउनु रहेको छ । नगरपालिका पाश्र्वचित्रको विशिष्ट उद्देश्यहरु निम्न

बमोजिम रहेका छन् ।

  •  भौगोलिक, प्रशासनिक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक,
  • ऐतिहासिक, पूर्वाधार पँहुच, लगायत विकासको सन्दर्भमा समुदायको विद्यमान अवस्थाको विश्लेषण गर्नु ।
  •  लमही नगरपालिकाको दीर्घकालीन योजना तथा नीति निर्माण लगायत योजना तथा कार्यक्रम छनौट र बाडफाँडमा सहयोग पु¥याउने ।
  •  सूचनाबाट विभिन्न निकाय तथा व्यक्तिहरुसँग सम्बन्ध बढाउन सहज हुने हुनाले आपसी सहयोगको वातावरण निर्माण गर्ने ।
  •  नगरपालिका भित्र रहेका स्रोत साधन लगायत अवस्थाको बारेमा अध्ययन अनुसन्धान गर्ने
  • अनुसन्धानकर्ता, योजनाकार, संघसंस्था एवं नगरपालिकाको विकासमा जिज्ञासा राख्न
  • व्यक्तिहरुलाई महत्वपुर्ण क्षेत्र, सम्भावना र समस्याहरुको बारेमा अवगत गराउने सामाग्रीको रुपमा दस्तावेज तयार गर्ने ।