विकासका प्रतिफलहरु जनसमक्ष पु¥याउन र सबै वर्गले उपयोग गर्न सक्ने वातावरणको श्रृजना

गर्नका लागि स्थानीय तहको वास्तविक वस्तुस्थिति र आवश्यकताको पहिचान गर्नु आवश्यक

हुन्छ । आजको विश्वव्यापीकरण ९न्यिदबष्शिबतष्यल० को युगमा समय सापेक्ष ढंगले

समानुपातिक विकासका प्रकृयाहरु अगाडी बढाउन सम्बन्धित क्षेत्रको वस्तुगत र विश्लेषणात्मक

अध्ययन हुनु जरुरी पर्दछ । यस अध्ययनले सम्बन्धित क्षेत्रको वास्तविक वस्तुस्थिति पहिचान गरी

भावी विकास योजना र रणनीतिहरु तर्जुमा गर्न तथा विभिन्न विकासका क्रियाकलापहरु

संचालन गर्न विशेष महत्व राख्ने छ । यसका अतिरिक्त प्रस्तुत पाश्र्वचित्र, सम्बन्धित क्षेत्रका

संस्था एवं अनुसन्धानकर्ता, योजनाकार, विकास चिन्तक, समाजसेवी लगायत जिज्ञाशु

महानुभावहरुलाई समेत उपयोगी हुने भएकोेले यस अध्ययनको महत्व व्यापक रहेको छ ।