साना तथा घरेलु उद्योगहरूको स्थापनाबाट केही हदसम्म रोजगारी तथा आयआर्जनका

सम्भावनाहरू रहेका छन् । गाउँघरमा नै सञ्चालन गर्न सकिने खाद्य प्रशोधन ब्यवसाय

सञ्चालन गर्नसके ग्रामीण जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । जिल्ला स्थित उद्योग

वाणिज्य संघ, सरकारी निकाय, समुदायको साझा प्रयासबाट मात्रै यस क्षेत्रको विकास सम्भव

रहेको छ । जिल्लाको उद्योग वाणिज्य क्षेत्रले स्वस्थ प्रतिस्पर्धामा ध्यान केन्द्रित गर्न नसक्नु,

सरकारी निकायले उचित ध्यान दिन नसक्ने र समुदायहरु एक्लैले यस क्षेत्रमा प्रतिस्पर्धा गर्न

नसक्नु मुख्य समस्या रहेको छ ।