लमही नगरपालिकामा रहेको अर्को मुख्य संभावना र अवसर बोकेको क्षेत्र भनेको पर्यटन प्रर्वद्धन

पनि हो । धार्मिक रुपले महत्वपूर्ण मानिएको यस लमही नगरपालिकामा धार्मिक, पर्यटकीय

क्षेत्रको रुपमा रीहार, शिव, दुर्गा मन्दीरहरु रहेका छन् । पर्यटन क्षेत्रको रुपमा विकास गरिरहदा

वातावरण माथि चरम अतिक्रमण भएको कुरा सार्वजनिक रुपमा उठ्ने गरेको पाइन्छ । विकास

निर्माणका कार्य गर्दा दिगो विकासको अवधारणलाई आत्मासात गरी विकासका कार्य संचालन

गर्नु आजको टड्कारो आवश्यकता हो ताकि विकासले विनाशको रुप नलियोस । त्यसैगरी

यातायात सुविधालाई हेर्दा यस क्षेत्र भित्र तथा ग्रामिण ठाँउमा समेत सडक सुविधा भएकोले

ज्ञछलमही नगरपालिकामा खासै समस्या रहेको देखिदैँन । लमही नगरपालिकाको प्राय ठाँउहरुसम्म

वाह्ैमासे यातायातका साधन संचालन भईरहेको छ । जसको माध्यमबाट पर्यटकहरुको

आवगमनलाई सहज, सरल तथा सफल बनाएको छ । लमही नगरपालिकालाई पर्यटकीय क्षेत्रकोे

रुपमा रुपान्तरण गर्नका लागि सबैले आ—आफ्नो क्षमता तथा जिम्मेवारीताको महशुस गरी

योगदान गर्न सकेको खण्डमा लमही नगरपालिकाको चौतर्फी विकासको अवसर तथा प्रवल

सम्भावना रहेको देखिन्छ ।