नेपाल एक बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक तथा धार्मिक स्वतन्त्रता रहेको एक प्रजातान्त्रीक

मुलुक हो । यस सन्र्दभलाई लमही नगरपालिकासंग तुलना गरि हेर्दा लमही नगरपालिकामा पनि

धेरै जातजाति तथा भाषाभाषीका मानिसहरुको बसोवास रहेकोले सांस्कृतिक रुपमा विविधता

रहेको पाइन्छ । आ—आफ्नै जाति अनुसार रितिरिवाज चालचलन मुल्य र मान्यता रहेको भएता

पनि एक अर्काको धर्म तथा सस्कृतिलाई सम्मान गर्ने गरेको पाईन्छ । नेपालमा हाल धर्म

परिर्वतनको होड पनि चलेको पाइन्छ । आर्थिक प्रलोभनमा परी धर्म परिर्वतन गराई आफ्नो

निहित स्वार्थपुर्तिका लागि केही तत्वहरुले सक्रिय भुमिका खेलेका छन् । यसका साथै विदेशी

संस्कृति प्रतिको मोहले पनि तिव्र रुपमा धर्म संस्कृति माथि प्रहार भइरहेको छ । यसको लागि

पनि संस्कृतिको जर्गेना गर्नुपर्ने आवश्यकता देखिन्छ । समग्रमा लमही नगरपालिकामा उच्च

स्तरको शिक्षाको अध्ययनको पुर्वाधार न्यून रहेको हुँदा उच्च शिक्षाको लागी बुटवल, नेपालगञ्ज,

पोखरा, भरतपुर, ललितपुर, काठमाण्डांै, भक्तपुर, भारत तथा तेस्रो मुलुकसम्म जाने गरेको

देखिन्छ । यसका साथै यस ठाँउको शैक्षिक गतिविधी हेर्दा निम्न आयस्तर हुने परिवारका वाल

वच्चाहरु सरकारी विद्यालयहरुमा पठनपाठन गर्ने गर्दछन भने आर्थिक सम्पन्नता भएका

परिवारका वालवालिकाहरु नीजि विद्यालय तथा कलेजमा अध्ययन गरेको देखिन्छ । यस स्थानमा

भएका सरकारी विद्यालयको गुणस्तरमा वृद्घी गर्न सकेको खण्डमा सवै वर्गका वालवालिकाहरु

समेटिन सक्ने कुरामा कुनै दुइमत छैन ।