प्रदेश न. ५ को दाङ जिल्लामा अवस्थित लमही नगरपालिका दाङ्ग जिल्ला भित्रको देउखुरी

उपत्यकाको मध्य भागमा र्पुव पश्चिम महेन्द्र राजर्मागले करिव बिचबाट छेडेको एउटा सुन्दर

नगरपालिका हो । दाङ्ग जिल्लाका १० वटा स्थानीय तह मध्ये साविकका लमही नगरपालिका र

सतबरिया गाविस समेटी नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७३ मंसिर २६ गतेको

निर्णयअनुसार लमही नगरपालिका घोषणा भएको हो । यहाँ विभिन्न धर्मका अनुयायीहरु जस्तै

हिन्दु, बौद्ध र क्रिचियनहरुको बसोबास रहेको छ, जसले सर्वलंैगिक संस्कृति झल्काउछ । यहाँको

मुख्य भाषा नेपाली हो र थारु भाषा पनि बोलिने गर्दछ । नगरपालिकाका ज्येष्ठ नागरिक,

वुडापाका मानिसहरुको भनाइ अनुसार यस ठाउंमा खरायो थारु भाषामा लमा बस्ने गर्दथे र पछि

लमा अपभ्रंश हुदै लमहि नाम रहन गयको भनाइ छ ।