प्राकृतिक श्रोत साधन, सम्पदा, भू–बनौट तथा हावापानी, कला, साहित्य–संस्कृतिका दृष्टिकोणबाट
हेर्दा लमही नगरपालिकामा प्रशस्त सम्भावनाहरू रहेता पनि यस्ता स्रोत साधनको उचित
व्यवस्थापन तथा सदुपयोगको अभावले गर्दा सामाजिक, आर्थिक तथा मानवीय क्षेत्रहरूमा पछाडि
रहेको यस नगरपालिकालाई एक सक्षम र समुन्नत नगरपालिकाको रूपमा विकास गर्नु आजको
मुख्य चुनौती हो । मुख्य गरी यस नगरपालिकाको विकासको निमित्त साझा दृष्टिकोण तय गर्न
आवश्यक छ । यस नगरपालिकालाई पर्यटन, जलस्रोत, जडिबुटी, कृषि वा अन्य कुन क्षेत्रमा
चिनाउने ? ति क्षेत्रहरु मध्ये कुनै एक क्षेत्रको विशेष विकास योजना तय गरी लमही
नगरपालिकाको पहिचान दिनु आवश्यक छ । त्यसैगरी एक गाउँ एक उत्पादन ९इलभ ख्ष्ििबनभ
इलभ एचयमगअत० अवधारणालाई कार्यान्वयन गर्नु पनि चुनौतीको रुपमा रहेको छ ।
नगरपालिकामा रहेका प्राकृतिक सम्पदाहरू मध्ये जमिन अग्रस्थानमा रहेको छ । समथर भु –
भाग मलिलो तथा उर्वरा भुमी नै यस नगरपालिकाको सम्भावना बोकेको सम्पदा मानिन्छ । यस
नगरपालिकामा पछिल्लो समयमा ग्रामीण सडकको व्यापक विकास भएको छ । यस नगरपालिका
भित्रका बस्तीस्तरमा खनिएका सडक कच्ची तथा धुले सडक भएको हुँदा हिउँदमा यातायात
संचालन सहज हुने र बर्षामा केही असहज हुने गर्दछ । गांउ गांउमा उत्पादन गरिएका तरकारी,
खाद्यान्न जस्ता त्यस क्षेत्रको उत्पादनलाई बजारसम्म पु¥याउन सहयोग पु¥याई गरिबी
न्यूनिकरणमा सहयोग पुग्ने सम्भावना रहेको छ । तर बजार ब्यवस्थापन र उत्पादनको मूल्य
नपाउदा किसानहरु आजित हुने समस्या छ । नगरपालिकाको विभिन्न भागहरूमा विविध
हावापानी रहेकै कारण यहाँ बेमौसमी तरकारी खेती तथा अन्य किसिमका नगदेबालीहरूको खेती
ज्ञद्धव्यवसायिक ढङ्गबाट सञ्चालन गर्न सकिने सम्भावनाहरू रहेका छन् । यस नगरपालिका भएर
जाने महेन्द्र राजमार्र्गले यस नगरपालिकाको सम्भावनालाई अझ फराकिलो पारेको छ । केही
पकेट क्षेत्रहरूको समेत विकास गरी मौसमी तथा बेमौसमी तरकारी खेती तथा नगदे बालीको
विकास गर्नसके यसबाट नगरपालिकाको आर्थिक स्थितिमा व्यापक सुधार आउन सक्ने देखिन्छ ।