राज्य पुर्नसंरचना पश्चात नेपालका सबै स्थानिय निकायहरुलाई संशोधन गरी जम्मा ७५३ वटा

स्थानीय तह कायम गरे अनुरुप लमही नगरपालिका साविकका लमही नगरपालिका र सतवरिया

गाविसलाई गाभेर हाल ९ वडा कायम गरी प्रशासनिक कार्य संचालन भईरहेको छ ।२०७८ सालको जनगणना अनुसार लमही

नगरपालिकाको  कुल जनसंख्या

५९०५० रहेको जसमा पुरुषको कुल जनसंख्या २८५०१  रहेको छ भने महिलाको कुल जनसंख्या

३०५४९ रहेको छ । तुलनात्मक रुपमा हेर्दा

वडा नं. ५ मा अन्य वडामा भन्दा बढी जनसंख्या रहेको छ । यस वडामा कुल जनसंख्या ९६८१ मध्य पुरुषको कुल

जनसंख्या ४,६७२ र महिलाको कुल जनसंख्या ५००९ रहेको  छ । यसैगरी वडा नं ९

मा सबैभन्दा कम जम्मा ३७५६  रहेको छ । यसमा पुरुष जनसंख्या १८१६ रहेको, महिला

जनसंख्या १९४०  जना रहेकोे छ । साथै यस नगरपालिकामा जम्मा

घरधुरी संख्या १३४५८  रहेको छ । यसमा सबैभन्दा बढी घरधुरी संख्या वडा नं ५ मा 

रहेको छ भने सबैभन्दा कम घरधुरी वडा नं ९ मा  रहेको पाइएको छ । यस सम्बन्धी

विस्तृत जानकारी तलको तालिकामा देखाइएको छ ।