लमही नगरपालिकामा पाइने मुख्य जनावरहरूमा बँदेल, दुम्सी, खरायो, स्याल, रतुवा, लङ्गुर, 

बादर आदि छन्भने चराचुरूङ्गीमा काग, परेवा, चिवे, कालिज, हुचिल, लाटोकोसेरा, भंगेरा, मैना, 

सुगा, बाज, ठेउवा, जुरेली, फिस्टा, तित्रा, बकुल्ला, चिल, गिद्ध, वनकुखुरा, ढुकुर जस्ता पंक्षी 

पाईन्छन् । गोहोरो, सर्प, छेपारो, माउसुली जस्ता सरीसृप, भ्यागुतो जस्ता उभयचर, विच्छी, 

फट्यांग्रा, वन मौरी, अरिङ्गाल, बारूलो र विभिन्न जातका अन्य किराहरू पाईन्छन्। यी अमुल्य 

श्रोतहरुको स्थानीय समूह परिचालन गरेर मात्र संरक्षण गर्न सकिने छ र गरिदै आएको पनि छ ।