अचानक प्रकृतिमा हुने असामान्य गतिविधीका कारण उत्पन्न भएका घटना वा नकारात्मक
परिणामलाई प्राकृतिक प्रकोप भनिन्छ । प्राकृतिक प्रकोपका घटनाहरु कतिखेर घटछन् भनेर
यकिन साथ भन्न सकिदैँन, मात्र यसको पुर्वानुमान गर्न सकिन्छ । प्राकृतिक विपत्तिले ठुलो
जनधनको क्षति गराउनका साथै ठुलो मानसिक विचलन ल्याउने गर्दछ । नेपालको सन्दर्भमा
यसको ज्वलन्त उदाहरणको रुपमा २०७२ सालमा गएको महा भूकम्पलाई लिन सकिन्छ ।
त्यसैगरी हाम्रो देश नेपाल बाढी, पहिरोको उच्च जोखिमयुक्त मुलुक पनि भएको हुदाँ आईपर्ने
प्राकृतिक विपत्ति प्रति समयमा नै सावधानीका उपायहरु अपनाउनु आवश्यक छ । यसका लागि
निर्माण गरिएका निति नियमका अक्षरस कार्यन्वयन गर्नुपर्ने देखिन्छ । साथै गृहमन्त्रालयको
मातहतमा रहेको विपद व्यवस्थापन महाशाखा चनाखो रुपमा रही आफ्नो भुमिका निर्वाह
गर्नुपर्दछ । प्राकृतिक प्रकोपहरु मुख्य गरी निम्न प्रकारका हुन्छन्ः
- आँधीहुरी
- बाढी
- पहिरो
- आगजनी
- डढेलो
- हैजाको माहामार
विपद व्यवस्थापन रोकथामका उपायहरुमा विपद व्यवस्थापन सम्बन्धी आवश्यक निति नियम
बनाउनुका साथै भौतिक संरचनाहरुको निर्माण गर्दा विषेश सावधानी अपनाउने त्यसैगरी
वृक्षारोपण गर्ने तटबन्ध गर्ने साथै प्राकृतिक विपत्ति सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरु
संचालन गर्नुपर्ने अवस्था छ ।
अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, बाढीपहिरो, भुकम्प, ज्वालामुखी विष्फोट आदि प्रकोपहरु प्रकृति
सिर्जित प्राकृतिक प्रकोप हुन् तर सबै किसिमका प्राकृतिक प्रकोपहरु प्राकृतिक कारणले मात्र
हुदैँनन् मानविय लापरवाहीका क्रियाकलापहरुबाट पनि प्राकृतिक प्रकोप हुन सक्छ, जस्तै
वनजङ्लमा आगजनी हुनु, बाँध फुट्नु, बाढीपहिरो जानु आदि । यस्ता प्राकृतिक प्रकोपहरु
रोकथाम र न्युनिकरणमा हामी सबैको समान जिम्मेवारी हुन्छ । तसर्थ, हामी सबैले विभिन्न
किसिमका सम्भाव्य विपदका कारणहरुको रोकथाम र न्युनिकरणका लागि घरपरिवार र समाजमा
जनचेतना जगाउनु पर्छ । साथै सम्भाव्य विपदको तयारीका बारेमा सधंै सचेत रहनु पर्ने हुन्छ ।
बाढीपहिरो आएर धनजनको क्षति हुनु भनेको प्राकृतिक विपद हो र घरजग्गा खोलाको नजिक
हुनु भनेको बाढीको जोखिममा हुनु हो । त्यसैगरी निजी घरहरु, कलकारखानाहरु, बाँध र खेती
बाली भएका स्थानहरु बाढी पहिरोका लागि अति नै खतरापूर्ण ठाउँहरु हुन । बाढी पहिरो आएमा
त्यहाँको समुदाय नै सङ्कटमा पर्छ । प्राकृतिक प्रकोपका अलवा मानव सिर्जित विपद जस्तै बम
विस्फोटन, रासायनिक दुर्घटना, सडक दुर्घटना, युद्घ, हिंसा, आतंक, आदिले पनि हाम्रो जीवनमा
नकारात्मक असर पार्ने हुँदा यस्ता विपदबाट सधैं सजग र होसीयार हुनु पर्दछ ।
प्रकोपको अवस्थालाई अध्ययन तथा विश्लेषण गर्दा प्राकृतिक प्रकोपबाट धनजन तथा मानसिक
विचलनका समस्याहरु देखापरेका छन् । यस्ता समस्याहरुको समयमा नै निराकरण नभएको
अवस्थामा यस समस्याले अझ बृहत रुप लिइ मानविय जीवनलाई नै कष्टकर बनाउदछ ।
यसको रोकथाम तथा निवारणका लागि प्राकृतिक श्रोतहरुको संरक्षणका लागि स्थानीय स्तरमा गरिने क्रियाकलापहरु जस्तै जनचेतनाको विकास, सुरक्षित बस्तीको निर्माण, वृक्षारोपण,
वातावरणीय सरसफाइ, वनफँडानी रोकथाम सम्बन्धी कार्यक्रमहरु संचालन गरी आप्mनो
जिम्मेवारी बहन गर्नका लागि समेत प्रोत्साहन गर्दै जानु पर्दछ । लमही नगर विपद् जोखिम
न्यूनिकरण तथा ब्यवस्थापनका लागि नगर स्तरीय विपद्प्रतिकार्य योजना निर्माणका साथै नगर
आपतकालिन कार्य संचालन केन्द्रको स्थापना गर्नुपर्ने देखिन्छ ।