विकास पुर्वाधारको प्रमुख मेरुदण्डको रुपमा रहेको सडकले अन्य विकास निमार्णमा पनि अत्यन्तै
सहयोगी भुमिका निर्वाह गर्ने कुरामा कुनै दुइमत नै छैन । विकास कार्यलाई अझ बढी चुस्त
दुरुस्त तथा तन्दुरुस्त बनाउनको लागि सडक यातायातलाई नै मध्यनजर गर्दै लमही
नगरपालिका पनि तिब्र रुपमा सडक व्यवस्थापनलाई निरन्तरता दिइएको पाइन्छ । हाल
निर्माणाधीन लमही नगरपालिका स्तरीय सडकहरुको विवरणलाई तल प्रस्तुत गरिएको छ
तालिका नं. ७.२: निर्माणाधिन गाउँ वा नगरस्तरीय सडकहरु
सडकको किसिम | अनुमानित लम्बाइ, कि. मि. | सडकको औसत चौडाइ मि. | सडकले सेवा पुग्न सक्ने वडा तथा वस्तीहरु | लाभान्वित जनसंख्या |
कालो पत्रे | ४ कि.मी. | ३० मी. | सुनडवरी | २००० |
ग्राभेल | १८ कि. मी. | ८ मी. | सुनडवरी, नति, कौडिया | २५०० |
कच्ची तथा धुले | २० कि. मी. | ८ मी. | सुनडवरी, वसन्तापुर, सितलापुर, रातामाटा | १००० |
श्रोत: लमही नगरपालिका २०७६