लमही नगरपालिका समुन्द्र सतह देखि सरदर २४६ मिटर उचाइमा छ । नगरक्षेत्रको भौगोलिक

संरचना हेर्दा दाङ जिल्लाभित्रको देउखुरी उपत्यकाको समथर भू—भागमा लमही नगरपालिका

रहेको छ । सबैभन्दा अग्लो ठाँउ १०१५ मि.,सबैभन्दा होचो स्थान २०६ मि. रहेको छ तापक्रमको

अवस्था अधिकतम ३३.८३ सेन्टीग्रेड, न्युनतम ४.४६ सेन्टीग्रेड, औषत १४.१५ सेन्टीग्रेड रहेको

छ । मुलत उष्ण कटिवन्धीय, न्यानो उपोष्ण, ठण्डा समशितोष्ण हावापानी पाइन्छ । यो क्षेत्रमा

वर्षा पर्याप्त मात्रामा हुनेगरेको छ। अधिकतम वर्षा ४६८.९ मिलिमिटर,न्युनतम फाटफुट हुने

गरेको छ। औषत वर्षा २३४.५ मिलिमिटर हुनेगरेको छ ।