कुनै पनि अध्ययन तथा अनुसन्धानलाई वैज्ञानिक तथा तथ्यपरक बनाउनको लागि यथार्थपरक

सुचना तथा तथ्याङ्कको आवश्यकता पर्दछ । सुचना तथा तथ्याङ्कलाई प्रतिवेदन तथा अध्ययनको

मेरुदण्डको रुपमा लिने गरिन्छ । समय तथा परिस्थिती सगैं बिधि तथा प्रविधीको विकास तथा

विस्तार भएको छ । यसै सन्दर्भमा यस लमही नगरपालिकाको पाश्र्वचित्र निर्माण गर्ने क्रममा

घरधुरी सर्वेक्षण विधिबाट पाश्र्वचित्र निर्माण गर्ने निर्णय अनुरुप हाल प्रविधिमा देखा परेको तथा

अत्यन्तै उपयोगी मोबाइल एप्स (Mobile Apps) को माध्यमबाट तथ्याङ्क संकलन गरिएको थियो र

सोहि सफ्टवेयरको माध्यमद्धारा तथ्याङ्क सश्लेषण/विश्लेषण तथा प्रशोधन गर्ने काम सम्पन्न

गरिएको छ ।