लमही नगरपालिकाका अधिकांश परिवारको बचत अवस्था दयनिय रहेको छ । लमही नगरपालिकाका मानिसहरुको आफ्नो भू—स्वामित्व कम भएका परिवार संख्याको अवस्था उल्लेख्य रहेको र भू—स्वामित्व भएका परिवार संख्याहरूको पनि जग्गा जमिनको मात्रा ज्यादै कम भएको हुँदा, वैज्ञानिक, आधुनिक तरिकाले खेतिपाती नगर्दा र सिपमुलक तालिमको कमीले गर्दा बचत गर्न सक्ने अवस्था देखिदैँन । जति आम्दानी हुन्छ त्यतीनै मात्रामा परिवार पाल्नको लागि खर्च हुंने हुँदा बचतको अवस्था शुन्य रहेको छ । लमही नगरपालिकामा १,९२८ घरपरिवारको औषत मासिक बचत ५०० देखि १००० रहेको पाइएको छ भने १००१ देखि २००० सम्म बचत गर्नेको संख्या ७२५ मात्र रहेको छ । यस्तै यस नगरपालिकामा १०,००० भन्दा माथि मासिक बचत गर्नेको संख्या १,३९८ जना रहेको छ । औषत मासिक पारिवारिक बचतको आधारमा परिवार संख्याको अवस्था निम्नानुसार रहेको छ ।
तालिका नं. ४.२: औसत मासिक पारिवारिक बचत
क्र.स. | औषत मासिक बचत | घरपरिवार संख्या |
R | lxGb' | 53,95Ç |
\ | af}4 | 3A |
3 | ls|l:rog | 99Ç |
A | d':nLd | AOA |
5 | z}j | \9 |
Ç | cGo | R\\A |
जम्मा | 5Ç,A\3 |