जीवन रक्षाको पहिलो श्रोत मासु हो । जीवन उत्पतिदेखि आज सम्म खाद्यको रुपमा मासु रहेको
छ । पशु बाहेक मानिसले माछा, रांगाभैंसी, सुँगुर, गाई गोरु, खसीबाख्रा, खरायो, कछुवा कुखुरा
अर्थात अन्य नियन्त्रणमा लिन सकिने चरा वर्गदेखि जलचर र थलचरसम्मका जीवहरुको वध गरी
उपभोग गर्ने चलन मानव समाजमा रहेको छ । मानव जीवनको खाद्यान्नको मुख्य श्रोत यी
जीवहरु भएता पनि यी जीवहरुमा हुने रोगको बारेमा सही जानकारी नहँुदा ती जीवमा भएका
रोगहरु मानिसमा संक्रमण हुने र ज्यानै जाने तहसनहस सम्मका घटनाहरु घट्ने गरेका छन्।
यसको बैज्ञानिक व्यवस्थापन गर्नु सरोकारवाल सबैको मुख्य चासो र जिम्मेवारीको विषय बनेको
छ । जुन समाज वा देशमा यसको सही व्यवस्थापन गरिएको छ त्यो समाज वा देश आधुनिक
तथा विकसित मानिएको छ । यसको प्रभाव स्थानीय तहमा स्थानीय किसान पशुपालनमा
प्रोत्साहित हुनेछ । जसबाट जैविक उत्पादनमा पनि सकारात्मक प्रभाव पर्नाले आर्थिकका साथै
स्वास्थ पनि राम्रो हुन्छ । उनीहरुका सन्तानले राम्रा राम्रा अवसर खरिद गर्न समेत सहजता
हुनेछ । यसबाट शैक्षिक, बौद्धिक, शारिरीक, मानसिक, विकासमा समेत राम्रो प्रभाव पर्नेछ ।
यसरी स्थानीय रुपमा राम्रो प्रभावको सम्भावना सर्वत्र रहे पछि राष्ट्रिय आम्दानीमा समेत
सकारात्मक असर पर्न जान्छ र राष्ट्रिय उत्पादकत्व बढ्ने छ । लमही नगरपालिकामा
पशुवधशाला पुरै व्यवस्थीत नभयपनि वजार क्षेत्रमा यसको व्यवस्था राम्रो छ ।