लमही नगरपालिकाकोे पूर्वमा राप्ति गाँउपालिका पश्चिममा राजपुर गाँउपालिका र बाँके जिल्ला

उत्तरमा तुल्सिपुर र घोराही उपमाहानगरपालिका र दक्षिणमा राजपुर र गढवा गाउँपालिका रहेका

छन्् । ३२६.६६ वर्ग कि.मी. कुल क्षेत्रफल रहेको यस लमही नगरपालिका पुर्वमा ८२.६३ पुर्वी

देशान्तर देखि पश्चिममा ८२.१९ डिग्री र उत्तरमा २८.०३ डिग्री उत्तरी अक्षांस देखि २७.८३

डिग्री दक्षिण सम्म चुरे पर्वतको वीचमा अवस्थित छ । काठमाण्डौबाट ३९० कि.मि.दुरी पार

गरेपछि लमही नगरपालिकामा पुग्न सकिन्छ । दाङ्ग जिल्लाको सदरमुकाम घोराहीबाट करीव २३

कि. मि.को दुरीमा यस नगरपालिकाको केन्द्र लमही बजार रहेको छ । यस नगरपालिकामा

खेतीयोग्य उर्वर भूमिको साथै पशुपालन लगायत व्यापार व्यवशाय र उद्योगको प्रचुर सम्भावना

रहेको छ । यस नगरपालिकामा विभिन्न धर्म तथा जात जातीका मानीसहरु बसोबास गर्दछन ।

जसको आफ्नै मातृभाषा, भेषभुषा र रहनसहन छ । दशै, तिहार जस्ता राष्ट्रिय चाड पर्वका

अलावा होली, गाइजात्रा, ईद, माघे सक्रान्ती, जनै पुर्णिमा आदि जस्ता पर्वहरु मनाइन्छ ।