टेलिकम प्रा.लि. तथा एनसेल प्रा.लि. मार्फत लमही नगरपालिकामा विभिन्न दूर सञ्चार 

सेवाहरु उपलब्ध रहेका छन् । सञ्चार प्रणालीमा हुलाक, निजी कुरियर, टेलिफोन, फ्याक्स तथा 

इन्टरनेट जस्ता आधुनिक सञ्चार सुविधाहरु पनि लमही नगरपालिकामा उपलब्ध रहेका छन् । 

साथै यस्ता सेवा ठाउँ–ठाउँमा खुलेका साइबर क्याफेहरु, होटल, लज, विद्यालय र क्याम्पसहरुमा 

पनि उपलब्ध रहेकाले दुर सञ्चार सेवामा सर्वसाधारणको पहुँच सजिलो भएको छ । नेपाल 

टेलिकम प्रा.लि.को नमस्ते र स्काई मोबाईलका साथै ईमेल,  ADSL, PSTN line, याक्स आदि 

सेवाहरु र एनसेल प्रा.लि.को मोबाईल सेवा प्रयोग गरिरहेका छन्।