देशका अन्य भागमा जस्तै लमही नगरपालिकाका बासिन्दाहरुले पनि राष्ट्रिय चाडपर्वका साथै

आफ्नो जाति र धर्म विशेषका चाडपर्वहरु र  रितिरिवाजहरु मान्दछन् । लमही नगरपालिकामा

हरेक धर्ममा पनि जाति विशेष

चाडपर्वहरु फरक फरक तरिकाले

मनाउने गरेको पाइन्छ । परम्परागत


रुपमा मनाइने चाडपर्वहरुमा दशै,

तिहार, हरितालिका तिज, राम

नवमी, शिवरात्री, फागु पुणर््िामा, नया वर्ष, बुद्ध जयन्ति, नाग पञ्चमी, माघे संक्रान्ती, साउने

संक्रान्ती, कृष्ण जन्माष्टमी, चैते दशंै, हरिशयनी एकादशी, हरिवोधनी एकादशी, कुशेआंैसी तथा

अन्य चाडपर्वहरु परम्परागत रुपमा मनाइन्छ भने वकरीद÷ इद, विश्वकर्मा पुजा, क्रिसमस डे,

अत्वारी, हरदवा, पदीया, सरायो नाच आदि जाति विशेषमा मनाइने गरिन्छ । विशेषगरी लमही

नगरपालिकामा मुख्य हिन्दु धर्मावलम्वीहरुले दशैँ तथा तिहार पर्व विशेष रुपमा मनाउने गर्दछन् ।

दशैं तथा तिहार बाहेक लमही नगरपालिकाका बासिन्दाहरुले मातातिर्थ औंसी, बुद्ध जयन्ती,

गुरुपुर्णिमा, साउने संक्रान्ती, नागपञ्चमी, रक्षा बन्धन, कृष्णअष्टमी, तीज, सोह्र श्राद्ध, धान्य

पुर्णिमा, स्वस्थानी ब्रत, माघे संक्रान्ती, श्रीपञ्चमी, महाशिवरात्री, जखनी पूजा, फागुपुर्णिमा, चैते

दशैं आदि पर्वहरु पनि मनाउँछन् ।

मुख्य चा८पर्व तथा मेला जात्रा सम्बन्धी विवर०ा


क्र.सं. मनाइने चाडपंव, जात्रा र मेला मनाउने समय मात्र
तिज, दशै र तिहार भाद्र, आर्शवन, कार्तिक
माघे सक्रान्ती, माघी माघ १ गते
साउने सक्रान्ती साउन १ गते
श्री पञ्चमी पुजा माघ, फागुन
अत्वारी, श्री कृष्णाष्टमी भाद्र
नया वर्ष वैषाख १ गते
बकर इद ईद भदी, मंसीर
विश्वकर्मा पुजा असोज १ गते
किसमस डे पुष
१० जनै पुर्णिमा भदौ
११ भैलो नाच कार्तिक
१२ सरायो नाच असोज
१३ नागपञ्चमी साउन
१४ एकादसी मंसिर
१५ हरदवा भदौ
१६ पदीया मंसिर