गाउँपालिका÷नगरपालिकाहरु लगायत बाँके, कपिलवस्तु, रुपन्देही, नारायणघाट काठमाण्डौं,

ललितपुर तथा भारतसंग बढी मात्रामा रहेको छ । यहाँका मानिसहरु दैनिक रोजगारी लगायत

अन्य कारोवारको लागि नगरपालिका भित्रैका स्थानीय बजार लगायत जिल्ला सदरमुकाम तथा

नेपालगँज, बुटवल, नारायणघाट, इन्डिया जाने गर्दछन् । यस ठाँउमा उत्पादित कृषिजन्य

वस्तुहरुको बिक्री वितरणका लागि छिमेकी गा.पा.÷न.पा. जिल्ला सदरमुकाम घोराही लगायत,

नेपालगँज, बुटवल, भैरहवा,नारायणघाट, काठमाडौ,ं ललितपुर, भक्तपुर र रुपडिया नाका हुँदै

भारत सम्म पनि हुने गरेको देखिन्छ । नगरपालिकालाई चाहिने अन्य कृषि सामाग्री, खाद्य

ज्ञटसामाग्री लगायत दैनिक आवश्यकताका वस्तुहरुको आयात भने मुलतः बुटवल, नारायणघाट,

भारत र अन्य जिल्लाहरुबाट नै हुने गरेको देखिन्छ ।