यस नगरपालिकाका मानिसहरुकोे गतिशिलता विश्लेषण गर्दा शिक्षा, स्वास्थ्य÷औषधोपचार,

रोजगारी र व्यापारको शिलशिलामा आफ्नै नगरपालिका भित्रैका स्वास्थ्य चौकी, जिल्ला

सदरमुकाम घोराही देखि लिएर छिमेकी जिल्ला बाँकेको कोहलपुर, नेपालगँज, बुटवल, भैरहवा,

चितवन, भक्तपुर, ललितपुर, काठमाण्डौसम्म तथा भारतका बिभिन्न स्थानहरुसम्म हुने गरेको

देखिन्छ । जिल्ला सदरमुकाम घोराही, बाँक,े कपिलवस्तु, रुपन्देही, ललितपुर, भक्तपुर, काठामाण्डौ

लगायतका ठाँउहरुमा र विभिन्न देश विदेशका स्थानहरुमा यहाँका मानिस रोजगार,

व्यापार÷व्यवसाय, शिक्षा, स्वास्थ्यसेवा र अन्य प्रयोजनका लागि जाने मुख्य स्थानहरु हुन् । ठुलो

संख्यामा यहाँका मानिसहरु रोजगारका लागि विशेष गरेर नेपालका विभिन्न ठाँउहरु, खाडी मुलुक

लगायत समुन्द्रपारी सम्म जाने गरेको पाइन्छ ।

आजको बदलिदो युगमा समाज विकासका लागि एक व्यक्ति एक परिवारको सहभागिताले मात्र

समाजले चाहे जस्तो विकासमा अघि बढ्न सकिँदैन । एउटाको धारणा सोचाई तथा विचार र

धेरै जनाको विचारले निकालेको निर्णय पक्कै फरक पर्दछ । लमही नगरपालिकामा समाज

विकासमा सहभागितामुलक पद्धतीबाट अघि बढे मात्रै स्वच्छ समाजको निर्माण हुने परिकल्पना

गरी समूह गठन गरेर दिगो रुपमा अघि बढ्न विभिन्न गैरसरकारी संघसंस्था, अन्र्तराष्ट्रिय

संघसंस्थाहरु सकृय रुपमा लागि परि काम गरिरहेका छन् ।

लमही नगरपालिकामा समुदायको समग्र विकासका लागि सामाजिक परिचालन मार्फत स्थानीय

तथा अन्य संघसंस्थाहरु जस्तै गाउँ स्तरीय समन्वय समिति गठन, गाउँ स्तरीय अनुगमन तथा

मूल्याकंन समिति गठन, गाउँ स्तरीय योजना तर्जुमा समिति गठन, गाउँ स्तरीय उद्योग वाणिज्य

संघ गठन, गाउँ स्तरीय आदिवासी जनजाति, दलित, अपाङ्ग, निम्न आयस्रोत भएका, पिछडावर्ग,

महिला समन्वय समिति, मध्यवर्ती उपभोक्ता समितिहरु, क्याम्पस व्यवस्थापन समिति, स्थानीय

विपद जोखिम व्यवस्थापन समिति, आमा समूह, युवा क्लब, समूह बचत तथा अन्य विभिन्न

संघसंस्थाहरुले कार्यहरु गर्दै आइरहेका छन् ।