लमही नगरपालिका दाङ जिल्लाको देउखुरी उपत्यकामा अवस्थित समथर भू–भागमा रहेको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग लमही नगरपालिका हुंदै गएकोले यसको महत्व निकै बढेको छ ।

लमही नगरपालिका प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले भरीपूर्ण छ । यस नगरपालिकाको

प्रमुख प्राकृतिक सम्पदाहहरुमा जलश्रोत, जङ्गल र उत्पादनसील जमिन प्रमुख हुन् ।

नगरपालिकाको नजिकमै रहेको कोइलाबास नाका र नेपालगञ्जको रुपडीया भन्सार हुंदै भारत

जान सकिने हुनाले यसको महत्व बढेको छ ।

भौगोलिक रुपमा यस नगरपालिकाको अधिकाशं भाग समथर भू–धरातल छ र धेरै जसो समथर

र खाल परेको जग्गा भएकोले वर्षाद धेरै हुँदा डुवान हुने समस्या छ भने अर्कोतिर कम वर्षाद

हुँदा खडेरीको समस्या सामना गर्नुपर्ने अवस्था रहेको छ । यस नगरपालिकाको प्रमु्ख घटना

डुवान र बाढी, हावाहुरी, विद्युतिय करेण्ट लाग्ने र आगलागी हो । यसका अलावा खडेरी, सर्पको

टोकाइ आदी यहाँ हुने अन्य प्रकोप रहेका छन् जसमध्ये सबैभन्दा बढी दुःख दिने र बारम्बार

आइरहने प्रकोपका रुपमा डुवान, बाढी आगलागी, चट्याङ्ग, असिनाको प्रभाव, हावाहुरी नै

देखिएकोले यस नगरपालिका विपदका दृष्टिकोणले सामान्य अवस्थामा रहेको छ । लमही

नगरपालिका दाङ जिल्लाको दक्षिण पूर्वी भागमा अवस्थित रहेको छ । भौगोलिक रुपले मनोरम

दृश्य प्रदान गर्ने यस नगरपालिकाको सामाजिक तथा सांस्कृतिक विविधता झनै लोभ लाग्दो छ ।

यस नगरपालिकामा ठूलो संख्यामा जनजातिहरु थारु, मगर, दलित, तथा ब्राम्ह्ण र क्षेत्रीहरुको

बसोबास रहेको पाइन्छ । नगरपालिका भित्रको जनसंख्या विवरण अनुसार कुल संख्या ५६,४२३ र

ज्ञद्दपरिवार तथा घरधुरी संख्या ११,३०९ रहेको छ । त्यसैगरी घरधुरी सर्वेक्षण अनुसार ८३.८८

प्रतिशत जनसंख्या साक्षर रहेका छन् ।