स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश, २०७४ अनुसार, स्थानीय तहको शासन संचालन सम्बन्धी विधेयक छलफलको प्रक्रियामा रहेकोले तत्काल स्थानीय तहको
शासन सञ्चालन तथा व्यवस्थापनको लागि नेपाल सरकार मन्त्रि परिषदको मिति २०७४ जेठ २ गतेको निर्णय अनुसार स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश, २०७४
जारी भएको छ । यस आदेशको अनुसूची ३ मा स्थानीय तथ्याङ्क र अभिलेख संकलन बारेमा र अनुसूची ४ मा वडा कार्यालयहरुले योजना तर्जुमा र तथ्याङ्क अध्यावधिक गर्नु पर्ने व्यहोरा
उल्लेख छ । प्रस्तुत आदेशमा जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचांक,
राजस्व तथा आयव्यय समेतको तथ्याङ्क संकलन र प्रशोधन गरी राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पाश्र्वचित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखनलाई गाउँपालिका वा
नगरपालिकाको काम कर्तव्य र अधिकार भनी उल्लेख गरेकोले सोहि अनुसार नगरपालिका पाश्र्वचित्र तयार पारिएको छ ।
स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ को दफा १ मा “प्रत्येक स्थानीय तहले वार्षिक योजना तथा बजेट तर्जुमा सहभागितामुलक प्रक्रियाबाट नतिजामुलक ढंगले
गर्नुपर्ने र योजना र बजेट तर्जुमा गर्नु पूर्व स्थानीय तहको भौगोलिक, सामाजिक, आर्थिक तथा पूर्वाधार लगायतका क्षेत्रको यथार्थ स्थिती देखिने गरी वस्तुगत विवरण ९एचयाष्भि० तयार गर्नु
पर्नेछ” भन्ने व्यवस्था रहेको हुनाले सोहि अनुसार लमही नगरपालिकाको पाश्र्वचित्र तयार गरिएको छ । स्थानीय सरकार संचालन ऐनः २०७४ को परिच्छेद ३ दफा ११ को उपदफा २ को च (२) र (३) ड को (२), (४), (५) र (६) मा स्थानीय अभिलेख व्यवस्थापन, दफा ११ को उपदफा २ थ (१), (२) (३), (४) र (५) मा बेरोजगारको तथ्याङ्क संकलन तथा दफा १२ को वडा समितिको काम,
कर्तव्य अधिकार अन्तर्गत उपदफा २ को (ख) मा तथ्याङ्क अध्यावधिक तथा संरक्षण अन्तर्गत खण्डीकृत तथ्याङ्क र सुचना सहितको वडाको पाश्र्वचित्र तयार तथा अध्यावधिक गर्ने व्यवस्था
रहेकोले सोहि अनुसार वडाको अवस्था सहित झल्कने गरी पाश्र्वचित्र तयार गरिएको छ । वस्तुगत विवरण (एचयाष्भि) भन्नाले कुनै स्थान, क्षेत्रमा रहेको जनसंख्या, भौगोलिक अवस्था,
समाजिक विशेषता, प्राकृतिक सम्पदा, आर्थिक अवस्था, विकासको स्थिति आदि स्पष्ट हुने आधारभुत तथ्याङ्क, सूचक वा आधार रेखाको विवरण रहेको दस्तावेज हो । वस्तुगत विवरणलाई
नेपालीमा “पाश्र्वचित्र” पनि भनिन्छ । एचयाष्भि शब्दलाई भुगोल, ईन्जिनियरिङ्ग, चिकित्साशास्त्र आदि क्षेत्रमा फरक फरक वस्तुको विशेषता विश्लेषण गर्न प्रयोग गरिएता पनि कुनै प्रशासनिक
घवा भौगोलिक क्षेत्र बारेको तथ्याङ्क प्राप्ती, विश्लेषण तथा प्रस्तुती गरिएको विवरणलाई पनि वस्तुगत विवरण (एचयाष्भि) भन्ने गरिएको छ । वर्तमान अवस्था अनुसार नेपालको सन्दर्भमा स्थानीय तह स्थानीय सरकार हो । यसले स्थानीयस्तरमा जनतालाई तोकिएको सेवाहरु प्रवाह गर्दछ । स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय तहहरुले आफ्नो गाउँपालिका तथा नगरपालिकाको वस्तुगत विवरण तयार गरी त्यसैका आधारमा योजना छनौट गर्नुपर्ने व्यवस्था उल्लेख गरेको छ । वस्तुगत विवरण तयारीका लागि सूचना संकलन र विश्लेषण गर्नु पर्दछ । संकलन गरिएका सुचनालाई यथार्थपरक ढंगले राखी वस्तुगत विवरण तयार गर्दा त्यसले स्थानीय तह लगायत अन्य सरोकारवालाहरुवाट विकास क्रियाकलाप संचालन गर्न ठुलो सहयोग पु¥याउँदछ ।
कुनै पनि व्यक्ति, संस्था, घटना, प्रक्रिया वा चिजविज वारेको तथ्य वा विस्तृत विवरणलाई
सामान्यतः सूचना भनिन्छ । संकलनका आधारमा यी दुई प्रकारका हुन्छन् – प्राथमिक सुचना र
द्वितीय सूचना । प्राथमिक सूचना आफैले सम्बन्धित क्षेत्रमा गएर संकलन गरिन्छ भने अरुले
संकलन गरेको सूचनालाई द्वितीय सूचना भनिन्छ । यी सूचनाहरुलाई संकलन, प्रशोधन (
तालिकीकरण, व्याख्या वा विश्लेषण) तथा प्रकाशन गर्ने सम्मका सम्पूर्ण कार्यहरु सूचना
व्यवस्थापन अन्र्तगत पर्दछन । आवश्यकता अनुसार चाहिएको मात्रामा र समयमा सूचना प्राप्त
गर्न सकियोस भन्ने उद्देश्यले सूचना व्यवस्थापन गरिन्छ । व्यवस्थित गरिएको सूचनालाई
आवश्यक मात्रामा निकाल्न र प्रयोग गर्न सकिने हुनुपर्दछ । सूचना व्यवस्थापन नगरी सबै वा
अनावश्यक मात्रामा दिँदा मुख्य विषय छुट्ने वा ओझेलमा पर्ने सम्भावना हुन्छ । त्यसकारण
सूचनाको व्यवस्थापन गरिनु पर्दछ ।
नगरपालिकाको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहको भूमिका अत्याधिक
मात्रामा बढिरहेको सन्दर्भमा नगरपालिकामा विकास सम्बन्धी सूचना व्यवस्थापन नगरपालिकाले
गर्नुपर्ने एक महत्वपूर्ण कार्य हो । हाल मन्त्रालयले नेपालका सबै गाउँपालिका र नगरपालिकाका
लागि वस्तुगत विवरण तयारीका लागि स्पष्ट खाँका तयार गरि सवै स्थानीय तहमा पठाई
सकेको हुनाले तयार गर्न चाहने नगरपालिकाका लागि वस्तुगत विवरण तयार गर्न सहयोगी हुने
र विगतमा रहेको अपूर्ण र एकरुपताको अभाव तथा कठिनाईलाई हटाउन सक्ने देखिन्छ । विविध
पक्षहरुको वास्तविक स्थितिको तथ्याङ्क र सूचना विना कुनै पनि योजनाको सही छनौट हुन
सक्दैन । तसर्थ वस्तुगत विवरणको आधारमा प्राथमिकता निर्धारण गरी वास्तविक आवश्यकता र
जनताको चाहनामा आधारित कार्यक्रम संचालन गर्न तथा भविष्यका लागि पुर्व तयारी गर्न
समेत पाश्र्वचित्रले सहयोग गर्दछ ।